काठमाडौँ । उच्च अदालत पाटनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको रिट निवेदन खारेज गरेको छ । ललितपुर महानगरपालिकाले आफ्नो घर कम्पाउन्डमा अवैध रूपमा डोजर चलाएको भन्दै अमात्यले गएको असार २६ गते रिट दायर गरेकी थिइन् ।
ललितपुर महानगरविरुद्ध दायर उनको रिट गएको बुधबार न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो । रिट खारेजसँगै अमात्यको घर कम्पान्डमा डोजर चलाई सार्वजनिक जग्गा सुरक्षित गर्ने ललितपुर महानगरको कदम ‘कानुनसम्मत’ ठहर भएको छ ।
नयाँ गेट भत्काई बन्द गर्न निर्देशन दिएपछि अख्तियारले आफैँ उजुरी खडा गरी ललितपुर महानगरपालिकामाथि अनुसन्धान थालेको थियो । अख्तियारको अनुसन्धानमाथि आयुक्त डा. अमात्य स्वयं स्थानीय तहको अनुसन्धान हेर्ने जिम्मेवारीमा रहेका कारण प्रश्न उठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्