Skip to content

इजरायलका लागि नेपाली राजदूतमा धनप्रसाद पण्डित नियुक्त

काठमाडौँ । इजरायलका लागि नेपाली राजदूतमा प्रा. धनप्रसाद पण्डित नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज राजदूतमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका उपसचिव एवम् सूचना अधिकारी अर्चना खड्का अधिकारीका अनुसार संविधानको धारा २८२ उपधारा १ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्