Skip to content

एक महिने श्री स्वस्थानी व्रत आरम्भ…(फोटो फिचर)

काठमाडौं । साँखुमा शालीनदी माधव नारायण मेलाको व्रत आज देखि सुरु भएको छ । हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने शालीनदी मेला आज स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि ब्रत सुरु हुन्छ।

माधवनारायणको ब्रत बस्ने व्यक्तिले ब्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ। ने.सं ७२२ मा रणजीत मल्ल आफैँले ब्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको छ। बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस्