काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको आरोप लगाएका छन् । सरकारले देश चलाउनु पर्नेमा पधानमन्त्री ओलीले संयन्त्रमार्फत चलाउन खोजेको उनको आरोप छ ।
नेकपा एमाले र कांग्रेस नेतृत्वमा गठबन्धनको सरकार बनेपछि दुई दलले सरकार सञ्चालनका लागि संयन्त्र बनाएका छन् । प्रदेश तहमा पनि संयन्त्र बनेका छन् । ती संयन्त्रले सरकार सञ्चालनमा सहजीकरण गर्ने भनिएको छ ।
कोइरालाले संयन्त्र बनाउने काम गलत भएको दाबी गरे । ‘२०५१ सालमा एमालेको सरकार थियो, त्यो बेला सचिवको कोठामा एक जना एमालेको आधिकारिक व्यक्ति बस्नुहुन्थ्यो,’ उनले भने,‘ हामी जस्तो मान्छे जाँदा खेरी उहाँको के काम छ भन्दै सोध्नुहुन्थ्यो, फेरि संयन्त्रले त्यही गर्न खोजेको छ ।’
प्रतिक्रिया दिनुहोस्