Skip to content

काठमाडौँको नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमा भासियो !

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमा भासिएको छ । बानेश्वरबाट रत्नपार्क जादै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला सडक भासिएको हो ।

बस सडकमा भासिएपछि यात्रुहरू अतालिँदै बाहिर निस्किएका थिए । गुडिरहेको बस भासिएपछि सडक निर्माणको गुणस्तरमा प्रश्न उठेको छ । सर्भिस लेनतर्फको सडकमुनि ढल भएका कारण बसको पछाडीको चक्का भसिएको हो ।

बसको पछाडीको चक्का अचानक भासिएपछि बस कोल्टे परेको हो ।

प्रतिक्रिया दिनुहोस्