Skip to content

गोंगबुबाट जुवातास खेलेको आरोपमा नौ जना पक्राउ

काठमाडौँ । काठमाडौंको गोंगबुबाट जुवातास खेलेको आरोपमा नौ जना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले सोही ठाउँका ६४ वर्षीय जनक मानन्धरसहित नौ जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई ५५ हजार ५०० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्