Skip to content

चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको ७१औं लाइसेन्स परीक्षाको नतिजामा अनुत्तीर्ण हुनेको संख्या बढेको छ । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालित परीक्षामा करिब दुई तिहाइ परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

एमबीबीएस र बीडीएसतर्फ कुल ८४४ जनाले परीक्षामा सहभागिता जनाएका थिए । तर, उत्तीर्ण संख्या मात्र २६२ जना रहेका छ । यसमध्ये ५६२ जना (६८ प्रतिशत) अनुत्तीर्ण भएका छन् ।

मेडिकल तर्फ ७७० जनाले फारम भरेकोमा १७ जना अनुपस्थित रहेका थिए । ७५३ जनाले परीक्षामा सहभागिता जनाउँदा २४१ जना (३२.०१ प्रतिशत) मात्र उत्तीर्ण भएका छन् ।

बीडीएस तर्फ ९५ जनाले फारम भरेकोमा ४ जना अनुपस्थित रहँदा ९१ जनाले परीक्षामा सहभागिता जनाए । त्यसमध्ये २१ जना (२३.०८ प्रतिशत) उत्तीर्ण भए ।

 

प्रतिक्रिया दिनुहोस्