Skip to content

डीडीसीले काठमाडौं महानगरलाई बुझायो १ करोड सम्पत्ति कर

काठमाडौँ । दुग्ध विकास संस्थान(डीडीसी) ले काठमाडौं महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ । २०८१ पुस २८ गतेको मूल्यांकन बमोजिम वडा २६ कार्यालय लैनचौरमा संस्थानले १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो ।

वडासचिव केदार रिमालकाअनुसार आर्थिक वर्ष २०४९/०५० देखि २०८१/०८२ सम्मको घरजग्गारसम्पत्ति करको मूल्यांकन गरेर कर दाखिला भएको हो ।संस्थानसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यवसायिक संघसंस्थालाई कर दाखिला गर्न महानगरपालिकाको राजस्व विभागले पत्राचार गरेको थियो ।

महानगरपालिकाले पत्राचार गरेपछि करदाताहरु सम्पर्कमा आउन थालेका छन् ।

ऐनबमोजिम कर दाखिला नगर्ने करदाताहरुलाई राजस्व विभाग वा वडा कार्यालयले पहिलो पटक पैँतिस दिनको समय तोकेर पत्र, इमेल, वा म्यासेजमार्फत कर दाखिला गर्न पत्राचार गर्नेछ । यस समय अपुग भएर थप समय माग गरेमा राजस्व विभागका प्रमुखको शिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले बढीमा १० दिनसम्म अवधि थप गर्न सक्ने व्यवस्था छ ।

‘यसरी प्रदान गरिएको ४५ दिनको अवधिमा पनि बक्यौता कर दाखिला नगर्ने करदाताका हकमा पत्रपत्रिका, वेभसाइट र अन्य सञ्चार माध्यमद्वारा एक्काइस दिने सूचना जारी गरी बक्यौता कर दाखिला गर्न आह्वान गर्ने ऐनले व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्