Skip to content

धुलिखेल अस्पताल र केयूबीचको सहकार्यलाई निरन्तरता दिने सहमति

काठमाडौँ । धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालय (केयू) बीच सहकार्यलाई निरन्तरता दिने सहमति भएको छ । विवाद समाधान गर्न गठित समितिले सहकार्यलाई निरन्तरता दिने र दुई संस्थाले गर्ने काममा थप स्पष्ट पार्ने सहमति जुटेको हो ।

‘सहकार्यलाई सुदृढ गर्ने सहमति भएको छ ।विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीता पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, कानुन संकायका डीन प्रा।डा। ऋषिकेश वाग्ले र मेडिकल संकायका डिन प्रा.डा. मनोज हुमागाईं सदस्य थिए ।

अस्पतालका तर्फबाट विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. रामकृष्ण मकाजु र डाक्टरहरू डा. विराज कर्माचार्य र डा। राजीव श्रेष्ठ छन् ।

यो समितिले तयार पारेको प्रतिवेदन आज बस्ने केयूको सभामा पेस गरिने छ । प्रधानमन्त्री एवं केयूका कुलपति केपी ओलीको अध्यक्षतामा बस्ने बैठकमा पेस गरेपछि सभाले अनुमोदन गर्ने छ । दुई संस्थाबीचको सहकार्यको थप काम गर्ने विषयमा सभाले निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्