Skip to content

पहिलो तीन महिनामा बैंकहरूको नाफा झण्डै तीन अर्ब

काठमाडौँ। वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको तीन महिना(साउन, भदौ र असोज)मा ११ करोडदेखि २ अर्ब ५ करोडसम्म नाफा आर्जन गरेका छन्। तीन महिनामा बैंकहरुको नाफा साढे २१ प्रतिशतले बढेको हो। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये आठ वटाको घट्दा १२ वटाको नाफा बढेको बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ।

विवरणअनुसार गत वर्ष सोही अवधिमा १३ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका वाणिज्य बैंकहरुले यस वर्ष १६ अर्ब २३ करोड रुपैयाँ पुर्‍याएका हुन्। समग्रमा यो २१.६३ प्रतिशतले बढेको नाफा हो।

चालू आवको पहिलो त्रैमासिकमा सबैभन्दा बढी नाफा नबिल बैंकले गर्दा सबैभन्दा कम एनआईसी एसियाको रहेको छ।

प्रतिक्रिया दिनुहोस्