Skip to content

प्रचण्डको दाबीः अहिलेको सरकार अब चल्दैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अब नचल्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा विपक्षी दलहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैँ प्रचण्डले यस्तो दाबी गरे हुन् ।

उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार अप्राकृतिक भएकोले अब नचल्ने बताएका हुन् । प्रचण्डले हिजो र आज विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।

समाजवादी मोर्चामा सहभागी दलहरूसँग मोर्चालाई सक्रिय बनाउनेबारे छलफल भएको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्