Skip to content

बुधबार सुनचाँदीको मूल्य बढ्यो !

काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १ हजार रुपैयाँले बढेर १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी आज तेजाबी सुन १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्