Skip to content

माघे सङ्क्रान्तिका लागि सजिएका तरुल बजार…(फोटो फिचर)

काठमाडौँ । माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड पिँडालुले बजार शुरु भएको छ ।काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजार अहिले नेपाल र भारतका विभिन्न स्थानबाट आयात गरिएका तरुलले भरिएको छ ।

माघे सङ्क्रान्तिमा विशेष गरि कन्दमुल प्रजातिका खानेकुराहरु तरुल, पिँडालु, सखरखण्ड र त्यसै गरि ध्यु, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस्