Skip to content

रविमाथिको अनुसन्धान प्रभाव पार्ने गरी प्रचण्ड बोल्नु ठिक भएनः प्रचण्ड

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको बताएका छन् । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा प्रभाव पार्ने गरी काम भइरहेको बताएका हुन् ।

गृहमन्त्री लेखकले सरकार ढल्छ भन्ने हल्ला फैल्याएर सरकारलाई नै अस्थिर बनाउने षड्यन्त्र भएको बताए । ‘सरकार ढल्छ भन्ने हल्लामा कुनै आधार छैन, सरकारमा भएका दलहरूबिच सौहार्दपूर्ण सम्बन्ध छ ।

प्रदेशस्तरीय सुरक्षा परिषद्को बैठकमा सहभागी हुन सुर्खेत आएको गृहमन्त्री लेखकले कर्णालीमा शान्ति सुरक्षामा धेरै चुनौती नभएको बताए । प्रदेशमा केही परम्परागत अपराधहरू आत्महत्या, लागुऔषध र सवारी दुर्घटना बढेको उनको भनाइ छ ।

कर्णालीको लागि यी तीन वटा कुरा चुनौती रहेकोले यसलाई नियन्त्रण गर्न सुरक्षा गोष्ठीमा छलफल भएको उनले बताए । चुनौतीलाई हेरेर काम गर्नको लागि प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्