Skip to content

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने थप एकजना पक्राउ

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पछिल्लोपटक पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–४ की ५५ कि शीतल राई भनिने सीतादेवी राई छिन् । उनी काठमाडौं महानगरपालिका–३२, शान्तिनगरमा बस्दै आएकी थिइन् ।

आइतबार उनलाई पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

यही माघ २ गते दिउँसो करिब पौने ४ बजे त्रिपाठीमाथि कुटपिट भएको थियो । सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध उनी थुनछेक बहसमा सहभागी भएका थिए । आफ्नो बहस सकाएर बाहिरिने क्रममा अदालतबाहिर उनीमाथि कुटपिट भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्