काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सदनबाट देश र जनताको नाममा अपिल गर्ने पनि बताए ।
विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउने भनेपछि मात्र सरकार संसद् बोलाउन बाध्य भएको उनको भनाइ छ । अहिलेको सरकारले भ्रष्ट्राचारी र आना मान्छे बचाउने, राम्रो काम गर्ने संस्था र व्यक्तिमाथि आक्रमण गर्ने काम गरेको समेत प्रचण्डको आरोप छ ।
संविधान र जनताको भावनाविपरीत अहिलेको सरकार गठन भएकोले धेरै पर नजाने उनको दाबी थियो । तर, आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्