Skip to content

अब फेक आइडीबाट सामाजिक सञ्जाल चलाउन नपाइने,ट्रोल गर्नेलाई पाँच लाख जरिवाना

काठमाडौँ । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तर्फबाट मंगलबार संघीय संसद् सचिवालयमा उक्त विधेयक दर्ता गरिएको हो ।

कानुनविपरीतका सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्न नपाइने, पहिचान खुलाएर मात्र सामाजिक सञ्जाल चलाउन पाइनेसहितका प्रावधान विधेयकमा छ । विधेयकमा संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेको ३१औँ दिनदेखि कानुन कार्यान्वयनमा आउने उल्लेख छ ।

सरकारले ट्रोल गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँ सम्म जरिवाना तिराउने विधेयक ल्याएको छ। सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ल्याएको हो। सरकारले यो विधेयक संसदमा पेस गरेको हो।

प्रस्तावित ऐनमा हेट स्पीचको परिभाषा गर्दै भनिएको छ, “‘हेट स्पीच’ भन्नाले व्यक्ति, समूह वा समुदायविरुद्ध हिंसा वा घृणा फैलाउने वा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका विषयवस्तु सामाजिक सञ्जालमा पोस्ट, सेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, रिपोस्ट, ट्याग, मेन्सन गर्ने वा यस्तै प्रकृतिको अन्य कार्य सम्झनुपर्दछ ।”

यस्तै, प्रचलित कानुनले निषेध गरेका वस्तुको विज्ञापन, अन्धविश्वास फैलाउने तथा जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने विषयको प्रकाशनरप्रसारणलाई पनि दण्डयोग्य कार्य मानिएको छ । त्यस्ता सूचना प्रचार गरी भ्रम सिर्जना भएको ठहर भए त्यस्तो सामग्री ल्याउने सामाजिक सञ्जाल प्रयोगकर्तालाई पाँच लाख रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था प्रस्ताव गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्