काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्