Skip to content

सुनको मूल्य बढ्यो

काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य ५०० रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार पनि मंगलबारकै मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्