Skip to content

सुनको मूल्य ४ सय रुपैयाँले घट्दा सोमबार चाँदीको मूल्य स्थिर

काठमाडौँ । सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य स्थिर रही प्रतितोला १८ सय ९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्