Skip to content

स्वास्थ्यका कारण शुक्रबारका कार्यक्रम भर्चुअल गर्दै प्रधानमन्त्री ओली

काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबारदेखि औपचारिक कार्यक्रममा ननिस्किएका प्रधानमन्त्री ओलीले शुक्रबारका लागि तय कार्यक्रम पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका हुन्।

आजका लागि पाल्पा र रूपन्देहीमा तय भएको उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार चिकित्सकले अझै बाहिरफेर ननिस्कन भनेकाले आजका लागि निर्धारित सबै कार्यक्रम निवासबाटै भर्चुअल रूपमा सम्बोधन गर्ने भएका हुन्।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली गत मंगलबार रातिसम्म पार्टीको सचिवालय बैठकमा सहभागी भएयता बिरामी परेका हुन्। राति अबेरसम्म बस्दा तथा चिसो खानेकुराले गर्दा प्रधानमन्त्री ओलीलाई चिसोजन्य समस्या देखिएको हो। खासगरी घाँटी दुखेकाले उनलाई बोल्न गाह्रो भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्