Skip to content

१४ वर्षीया बालिका बलात्कार आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । भोजपुरमा १४ वर्षीया एक बालिका बलात्कार आरोपमा ४५ वर्षीय पुरुष पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका–८, पात्लेपानीका ४५ वर्षीय भक्तबहादुर थापाले १४ वर्षीया एक बालिकाको बलात्कार गरेको आरोप छ । आइतबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको भदौ १० गते राति ती बालिकाको बलात्कार गरिएको भन्ने उजुरीका आधारमा प्रहरीले थापालाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्