Skip to content

१९ हजार ग्राहकको लाइन काटेर प्राधिकरणले उठायो २३ करोड

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले पुस महिनामा १९ हजार ग्राहकको लाइन काटेर झण्डै २३ करोड रुपैयाँ बक्यौता महसुल उठाएको छ। प्राधिकरणको तथ्यांक अनुसार, महिनाभरिमा १९ हजार २३२ ग्राहकको लाइन काटिएको थियो। तीमध्ये १४ हजार १११ ग्राहकले बक्यौता तिरेर लाइन जोड्न लगाएका छन्।

पुस महिनामा बक्यौता रकम २२ करोड ८४ लाख ५९ हजार ६ सय ९४ रुपैयाँ असुल भएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय, अर्थ महाशाखाको विवरणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्