काठमाडौँ । भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको नवदुर्गा गण नाच, गोकर्णेश्वरको देशेंमा ३३ बर्ष पछि सोमबारदेखि नचाउन सुरु भएको छ। सोमबार साँझ नचाइएको नाच मंगलबारसम्म दुईदिन नचाइने छ।२०४६ साल पछी नचाउन बन्द थियो । ३३ बर्ष पछी २०७९ बाट फेरी नचाउन सुरु भाको हो । यो नाच २ दिन नचाउने गरिन्छ।
इतिहास तथा शिलालेखहरूमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानी सहरको रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्त्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक विधि द्वारा देवदेवीलाई आहान गरी नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएका थिए।
आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गा भवानीको प्रसाद दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, मोहनी ९कालो टीका० ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुने धार्मिक विश्वास रहिआएको छ। बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो लाईब्रेरी
प्रतिक्रिया दिनुहोस्