काठमाडौँ । पाथीभरामा चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा एक करोड ३० लाख २४ हजार ४५६ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा एक लाख ६ हजार ६२३ जना भक्तजनबाट एक करोड ३० लाख २४ हजार ४५६ भेटी संकलन भएको हो ।
भेटी र दानबाट संकलित रकम पाथीभराको संरक्षण, संवर्धन तथा दर्शनार्थीलाई थप सुविधा उपलब्ध गराउने, पूर्वाधार निर्माणलगायतका काममा खर्च हुँदै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।
पाथीभरामा विशेषगरी बडा दशैँ, तिहार, चैते दशैँ र अन्य चाडपर्वका बेला भक्तजनको उल्लेख्य उपस्थिति हुने गर्छ। पाथीभरा देवीको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास छ।
प्रतिक्रिया दिनुहोस्