काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् । बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले यस्तो आग्रह गरेका हुन्।
शाहले जेन्जीविकासँग सम्बन्धित आधारभूत समस्या समाधानमा केन्द्रित हुँदै त्यसभन्दा अगाडि बढेर युवापुस्तालाई आत्मनिर्भर बनाउने दिशामा काम गर्नुपर्नेमा जोड दिएका छन् ।उनले यसकालागि स्थलगत अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिन, सूचना–प्रविधिको अधिकतम उपयोग गर्न, समस्या समाधानमुखी कार्यशैली अपनाउन र पुराना तथा अव्यवहारिक सोच त्याग्न पनि सुझाव दिएका छन्।
साथै, उनले राजनीतिलाई मात्र पेशा नबनाई आम्दानीको वैकल्पिक स्रोत विकास गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न पनि सांसदहरूलाई आग्रह गरेका छन् ।
अन्तरक्रियामा सहभागी जेन्जी सांसदहरूले प्रधानमन्त्रीको सुझावलाई अभिभावकीय मार्गदर्शनका रूपमा ग्रहण गर्दै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउने र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्