Skip to content

संसदमा आशिकाको प्रश्न :देश हाँक्ने चाँही नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा किन?

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले काठमाडौं उपत्यकामा थोत्रा तथा पुराना सवारीसाधनबाट निस्कने कालो धुवाँले वायु प्रदूषण बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले आकाशमा बादल देखिए पनि जमिनमा सवारीसाधनको धुवाँले नागरिक निसास्सिनुपर्ने अवस्था रहेको बताइन्।

उनले भनिन्, ‘आकाशमा सेतो मुस्लो बादल दौडिँदै गर्दा हामी जमिनमा कालो मुस्लो गाडीको धुवाँबाट निसास्सिएका छौँ।’

कालो धुवाँ फाल्ने सवारीसाधनलाई गरिने जरिवाना बढाउने विषयमा आफूले तीन महिनाअघि पूर्वाधार विकास मन्त्रालयमा कुरा राखेको उनले बताइन्।

‘यही समस्या लिएर तीन महिना अघि पूर्वाधार विकास मन्त्रालय पुगेको थिएँ। मन्त्रीज्यूले कालो धुवाँ फाल्ने गाडीलाई ५०० जरिवानाबाट ५० हजार तोक्छु भन्नुभएको थियो। खै त कार्यान्वयन भने शून्य,’ उनले भनिन्।

सरकारले नयाँ नेतृत्व ल्याए पनि सडकमा चल्ने पुराना सवारीसाधनका कारण स्वच्छ हावा पाउने नागरिकको अधिकार प्रभावित भइरहेको उनले बताइन्।

‘आज म यस सदनबाट प्रश्न गर्न चाहन्छु। हामीलाई देश हाँक्ने चालक चाहिँ नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा र १०० वर्ष पुराना भएपछि जनताले कसरी स्वच्छ हावामा सास फेर्छ?’ उनले प्रश्न गरिन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्