काठमाडौँ। बुधबार सेयर बजार मापक नेप्से परिसूचक भारी अंकले घटेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ३६.२५ अंकले घटेर २,६१८ को विन्दुमा कायम भएको हो ।
आजको बजारमा २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५३ कम्पनीको सेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५२ कम्पनीको २ करोड १६ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३५ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका हुन् । आज यस संस्थाका लगानीकर्ताले ८ दशमलव ५४ प्रतिशतका दरले गुमाएका छन्।


प्रतिक्रिया दिनुहोस्