Skip to content

गाउँघरमा ‘चचहुई..चचहुई’को रौनक हराउँदै (फोटोकथा)

nmb bank inside

मनिषा बस्नेत, नेपाल न्यूज बैंक

काभ्रे । कुनैबेला दशैं आउनसाथै गाउँघरका चौतारा र खुला चौरमा लिङ्गे पिङको रौनक सुरु हुन्थ्यो । पिङ खेल्न बालबालिकादेखि युवायुवतीको लामो लाइन लाग्थ्यो भने ‘चचहुईं’ को गुञ्जनले गाउँघर नै उत्सवमय बन्थ्यो । तर, अहिले समय बदलिएको छ । 

दशैंको उमङ्ग र चहलपहल हुनुपर्ने समयमा काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित चुरीथुम्कामा चहलपहल कम देखिएको छ । बाँस गाडेर तयार पारिएको परम्परगत लिङ्गे पिङ यतिबेला सुनसान र खाली अवस्थामा देखिन्छ । 

यस क्षेत्रमा विगतका वर्षहरूमा दशैंका बेला गाउँघरका चौतारा र डाँडाहरूमा हालिएका लिङ्गे पिङमा मच्चिन बालबालिकादेखि युवायुवती र ज्येष्ठ नागरिकसम्मको घुइँचो लाग्ने गथ्र्यो । पिङ खेल्न पालो पर्खिनुपर्ने र ‘चचहुईं’ को स्वरले वातावरण नै गुञ्जायमान हुने गथ्र्यो । तर यस वर्ष चुरीथुम्काको सडककिनारमा ठड्याइएको अग्लो लिङ्गे पिङ खेल्ने मानिसको अभावमा पिङ खेल्नेको संख्या न्यून देखिन्छ । 

वैदेशिक रोजगारी र अध्ययनका सिलसिलामा युवापुस्ता गाउँबाट बाहिरिएपछि र गाउँमा रहेका बालबालिका तथा किशोरकिशोरी पनि मोबाइल तथा सामाजिक सञ्जालतिर बढी आकर्षित हुनाले पिङको संस्कृति घट्दै गएको स्थानीयहरु बताउने गर्छन । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्