काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको हो।
यो सँगै आज सुन प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९९५ रुपैयाँ कायम भएको छ।
आइतबार चाँदी तोलाको ३ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया दिनुहोस्