Skip to content

गौरीघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न (फोटो/भिडियो)

nmb bank inside

गौरीघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न (फोटो/भिडियो)

नवराज नेपाल, नेपाल न्यूज बैंक

सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक आराधना गर्दै मनाइने चारदिने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । छठ पर्वको अन्तिम दिन आज बिहानै व्रतालु तथा श्रद्धालु भक्तजनहरूले गौरीघाटको बागमती नदीको किनारमा उदाउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गर्दै विधिपूर्वक पूजा तथा आराधना गरेका थिए । चार दिनसम्म विभिन्न धार्मिक विधि, परम्परा र आस्थाका साथ मनाइने छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने परम्परा छ । बिहानको अघ्र्यसँगै यस वर्षको छठ पर्व सम्पन्न भएको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्