Skip to content

प्रभु बैंकमा चार कर्मचारीमाथि कारबाही, दुईजना बर्खास्त

nmb bank inside

काठमाडौँ। प्रभु बैंकले चार कर्मचारीमाथि कारवाही गरेको छ । बैंकले चिफ बिजनेस अफिसर रश्मी पन्तसहित दुई कर्मचारीलाई सेवाबाट बर्खास्त र अन्य दुई कर्मचारीमाथि विभागीय कारबाही गर्दै बढुवा रोक्का र पद घटुवा समेत गरेको हो ।

बैंकको आन्तरिक सर्कुलरअनुसार सुगेन शाक्य र रश्मी पन्तलाई २०८३ कात्तिक २० गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको छ। त्यस्तै, मधुसूदन न्यौपानेको दुई वर्षका लागि बढुवा रोक्का गरिएको छ भने सुदीप श्रेष्ठलाई सहायक पदबाट घटुवा गरी कनिष्ठ सहायक बनाइएको छ।

बैंकले कर्मचारी सेवा विनियमावली, २०७८ को परिच्छेद ८३ अनुसार उनीहरूमाथि कारबाही गरेको जनाएको छ। शाक्यलाई प्रभु ग्रुप इंकसँग सम्बन्धित रेमिट्यान्स कारोबारमा आवश्यक बैंकिङ सतर्कता नअपनाएको आरोप लगाइएको छ। त्यस्तै, पन्तलाई एसियन भिलेज रिसोर्ट प्रालिलाई कर्जा प्रवाह गर्दा आवश्यक कानुनी तथा धितोसम्बन्धी प्रक्रिया पूरा नगरेको आरोपमा सेवाबाट हटाइएको बैंकले जनाएको छ।

यद्यपि, शाक्य र पन्तसँग सम्बन्धित दुवै विषय हाल अदालतमा विचाराधीन छन्।

यसैगरी, स्थापित कार्यविधि पालना नगरेको आरोपमा न्यौपानेको दुई वर्षका लागि बढुवा रोक्का गरिएको हो। सामूहिक सौदाबाजी सम्झौता (सीबीए) को नतिजाप्रति असन्तुष्टि जनाउँदै ठूलो संख्यामा कर्मचारीलाई अनधिकृत रूपमा इमेल पठाएको विषयमा श्रेष्ठलाई सहायकबाट कनिष्ठ सहायक पदमा घटुवा गरिएको बैंकको सर्कुलरमा उल्लेख छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्