Skip to content

बुधबार ११. ०५ अंकले घट्यो नेप्से परिसूचक

nmb bank inside

काठमाडौँ। आज बुधबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ११. ०५ अंकले घटेर २,६२५ को विन्दुमा कायम भएको हो ।आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आजको बजारमा ३४७ कम्पनीको १ करोड १ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको ३२ करोड २४ लाख सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ३. २६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८. ६३ प्रतिशतका दरले गुमाएका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्