काठमाडौँ। बिहिबार पनि सुनको मूल्य घटेको छ । तिहारपछि लगातार घटिरहेको सुनको मूल्य आज पनि ३ हजार ३ सय रुपैयाँले घटेको हो।
यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्