काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा.एस.जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ।
भारतको नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ।
भेटका क्रममा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको जनाइएको छ।
दुवै पक्षले नेपाल र भारतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउँदै द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा समेत जोड दिएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस्