Skip to content

सूचनाको हकमार्फत सामाजिक न्याय र जवाफदेहिताको अभियान बनाउन सागर जोशीको माग

nmb bank inside

काठमाडौं । सूचनाको हकको प्रभावकारी प्रयोगमार्फत सुशासन, पारदर्शिता र सार्वजनिक जवाफदेहिता स्थापित गर्न अभियान्ता सागर जोशीले सामाजिक अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आम मिडियाले निर्माण गरेका गलत भाष्यले जनता भ्रमित भएकोसमेत बताएका छन् ।

मिडियाले राज्यका जिम्मेवार व्यक्ति र संवेदनशील विषयहरु पूर्वाग्रही तथा हचुवाका भरमा प्रस्तुत गर्दा समाज विकृत बनिरहेको जोशीको दाबी छ । 

सूचनाको हकको क्षेत्रमा क्रियाशील जोशीले विभिन्न सार्वजनिक सरोकारका विषयमा सूचना प्राप्त गरी तथ्य उजागर गर्दै आएको प्रष्ट पारे ।

पूर्वमन्त्री जनार्दन शर्मालाई ‘सिसिटिभी’ कांग्रेस सभापति गगन थापालाई ‘बाख्रा’, पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ‘सर्प’ यस्ता कयौं गलत भाष्य देशका मुलधारका मिडियाले निर्माण गरेको जोशीको आरोप छ ।

यस्ता विषयमा लामो समयदेखि अध्ययन र अनुसन्धान गर्दै जाँदा मित्थ्या पुष्टि भएको जोशीको कथन छ । 

‘यस्ता व्यक्तिहरुमाथि राज्यको छानविन समिति बस्छ उसले सम्बन्धित मिडियासँग स्रोतको विश्वसनियता र प्रमाण बारे जिज्ञासा राख्छ मिडियाले ‘प्रमाण छ’ भन्छ प्रमाण दिँदैन’, उनले भने । ‘राज्यले निर्दोष सावित गर्ने, मिडियाले प्रमाण पेस नगर्ने, जनता उल्लु बनिराख्ने, गलत भाष्यको मारमा व्यक्ति परिराख्ने, के यसको निरुपण हुनुपर्दैन,’ जोशीले प्रश्न गरे । उनले आफ्नो अभियानलाई मुख्यतः तीन क्षेत्रमा केन्द्रित गरेका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्