Skip to content

दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनको भाउ बुधबार एकैदिन दुई हजार रुपैयाँले बढेको छ । सुन आज दुई हजार रुपैयाँले बढेर तोलाको एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदी हिजोको जस्तै तोलाको एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्