Skip to content

माओवादीको स्थायी समिति बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगित भएको हो । बैठक भोलि बिहान ११ बजे बस्ने बताए ।

पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्