Skip to content

६ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । बिहिबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउमा भने स्थिर रहेको छ । आज चाँदीको भाउ एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्