Skip to content

गैँडाको आक्रमणबाट चितवनमा दुईजना घाइते

कारोबार । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट दुईजना घाइते भएका छन् ।

खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार मंगलबार बिहान घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो ।

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्