Skip to content

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौ । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेर एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्