Skip to content

५० करोड बराबरको अवैध भेप बरामद

काठमाडौँ । ललितपुरको इमाडोलबाट ठूलो परिमाणमा भेप बरामद गरिएको छ । राजस्व अनुसन्धान विभागका अनुसार चीनबाट अवैध तरिकाले ल्याइएका ती भेपको बजार मूल्य ३० देखि ५० करोड रुपैयाँसम्म रहेको छ ।

चीनबाट अवैध तरिकाले भेप ल्याउने रमेश शेर्पा र पवन साह भनिने त्रिभुवन साह दुवै फरार रहेको राजस्व अनुसन्धान विभागका एक अधिकृतले बताए ।

फरार शेर्पा र साहको खोजीकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्