Skip to content

तीन महिनामा झण्डै डेढ करोड चढाउँछन् लुम्बिनीमा

काठमाडौँ । लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रकम सङ्कलन भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष दुण्डीराज भट्टराईका अनुसार असोज महिनायता दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार नौ सय ९० रुपैयाँ सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०८१०८२ शुरू भएपछि दोश्रो पटक दानपेटिकाको रकम गणना गरिएको हो । ५ दिन लगाएर ३२ जना कर्मचारीले भेटिका रुपमा दान गरिएको रकमको गणना गरेका थिए । दानपेटिकामा सङ्कलित रकम लुम्बिनी विकास कोषको महत्वपूर्ण आम्दानीको श्रोत भएको कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्