Skip to content

१६ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । आइतबार सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ। शुक्रबार ८०० रुपैयाँले बढेको सुनको भाउ आइतबार १६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुन एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आइतबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्