Skip to content

योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामदेवको पतञ्जलि आयुर्वेदिक कम्पनीले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको टेलिग्राफ इन्डियाले जनाएको छ ।

पालक्कड जिल्ला अदालतले यी दुईविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पतञ्जलिले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै एक चिकित्सकले तीन वर्षअगाडि उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्