Skip to content

चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बित

काठमाडौँ । चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन्। असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।

घटना पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका(११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ।

सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो। डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ। उक्त समितिले घटनाबारे छानबिन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्