Skip to content

आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने भएकी छन् । यही माघ २ गते स्वयम्भूबाट पक्राउ परेकी आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो ।

पहिलोपटकको म्याद सोमबार सकिएको थियो । प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।

सोमबार प्रशासनले पुनः पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । आशिकाविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको छ ।

अभद्र व्यवहारको कसुर प्रमाणित भए जिल्ला प्रशासन कार्यालयले आशिकालाई १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्