Skip to content

रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बहस भइरहेको छ । आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्