Skip to content

जनतासँग माओवादीको सम्बन्ध कमजोर भएको छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादीको सम्बन्ध कमजोर भएको स्वीकारेका छन् । शुक्रबार दाङको तुलसीपुर– ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा आयोजित कार्यक्रममा उनले जुन वर्ग र समुदायको मुद्दा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा पार्टी कमजोर भएको स्वीकारेका हुन् । जनयुद्धमा जसको मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही वर्ग र समुदायको अगाडि बढाउने सङ्कल्प गरेको उनले बताए ।

सोही क्रममा अध्यक्ष प्रचण्डसहित नेताहरूले सहिद परिवारले तयार गरेको थारु समुदायको परिकारसहित खाना खाएका थिए । जनयुद्ध कालमा चौधरीको परिवारले ६ जना सदस्य गुमाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्