काठमाडौँ । सरकारले आर्टिफिसियल इन्टेजिजेन्स (एआई) सम्बन्धी नीति तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एआई सम्बन्धी नीति बनाएको हो । एआईको विकाससँगै विश्वका विभिन्न मुलुकले योसम्बन्धी नीति–नियम बनाउन थालेका छन् । नेपाल सरकारले पनि एआईसम्बन्धी ऐन–कानुन बनाउन र त्यसलाई कार्यान्वयन गर्न सजिलो हुने गरी नीति ल्याउन लागेको हो ।
सञ्चार मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले नीतिको ‘ड्राफ्ट’ तयार भइरहेको बताए । मन्त्रालयको सूचना प्रविधि महाशाखाका सहसचिव अनिलकुमार दत्तले एआईसम्बन्धी नीति अन्तिम चरणमा पुगेको जानकारी दिए।
एआईसम्बन्धी सुरक्षा जोखिम र त्यसको समाधान, सम्पत्ति अधिकार, डाटा सुरक्षालगायत विषय समेटिनेछ । विभिन्न क्षेत्रमा एआईको प्रयोगको विषय पनि नीतिमा समावेश गरिनेछ ।
पछिल्लो समय विश्वभर नै द्रुत रूपमा एआईको विकास भएको छ । यसले सकारात्मक मात्र नभएर मानिस र समाजका निम्ति नकारात्मक प्रभाव समेत पार्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्